शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्लीन फिडपछि नेपाली विज्ञापन बजार २० अर्बमाथि पुग्ने

बुधबार, २७ कात्तिक २०७६, ०६ : ५३
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ ।

सो ऐन राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन्  भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ ।

विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरुले नेपाल सरकारसँग क्लीन फिड नीति लागू गर्न माग गर्दै आएका थिए ।

यो ऐन कार्यान्वयनमा आएसँगै पैसा तिरेर अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य भएकाले नेपाल विज्ञापन संघ पनि खुसी भएको छ ।

नेपालमा टिभी विज्ञापनमध्ये ७० प्रतिशत विज्ञपान भारतका बहुराष्ट्रिय कम्पनी सिर्जित छ । स्वीकृति प्राप्त भण्डै डेढ सय विदेशी च्यानलमध्ये १ सयभन्दा बढी पे च्यानल छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप