बङ्गलादेशमा रेल र्दुघटना: १५ जनाको मृत्यु, ५८ घाइते
मङ्गलबार, २६ कात्तिक २०७६, १९ : १२
ढाका । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,’ स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने । उनले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए ।
घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् । ‘अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,’ अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने ।
बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुने गरेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी