बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता, यी हुन् आवश्यक कागजात

मङ्गलबार, २६ कात्तिक २०७६, १९ : ०६
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । आगामी मंसिर १४ गतेका लागि तय भएका उपनिर्वाचनका लागि स्थानीय तहतर्फ बुधबार उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने कार्यक्रम तय भएको छ । 

निर्वाचन आयोगका अनुसार बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सकिने छ । 

प्रदेश र प्रतिनिधिसभातर्फ यसअघि नै मनोनयनपत्र दर्ता गरेर अन्तिम नामावली प्रकाशित भइसकेको छ । 


स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख/वडा अध्यक्ष पदको हकमा मनोनयनपत्र साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ :–
(१)    नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(२)    वडा अध्यक्ष पदको लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

(३)    अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुख पदको लागिञ सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, 

(४)    कुनै राजनीतिक दलको तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, 

(५)    प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण,

(६)    स्थानीय तहको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुखको लागि रु. १,५००।– (अक्षररुपी एकहजार पाँचसय) र वडा अध्यक्ष पदको लागि रु. १,०००।– (अक्षररुपी एकहजार) धरौटी राख्नुपर्ने,

(७)    मतदाता नम्बर ः– ..............

(८)    सम्पत्ति विवरण
    (क) घर संख्या ः–
      (ख) घर रहेको स्थान ः–
         (ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा नंं, कि.नं., क्षेत्रफल) ः–

(९) अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुख÷वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा,

(१०) २०७४ सालको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप