सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक पहल गर्न काँग्रेसको आग्रह

मङ्गलबार, २६ कात्तिक २०७६, १९ : ००
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः आग्रह गरेको छ।  

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सो समस्या समाधानका लागि परिणाममुखी पहल गर्न पनि सरकारलाई आग्रह गरे । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो समस्या समाधानका गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको स्पष्ट पारे । 

उनले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले सो जिम्मेवारी पूरा गर्ने हुन वा होइनन् भन्ने कुरा नियाली रहेको पनि बताए । 

 सीमा सम्बन्धि सो समस्या समाधानका लागि सरकारलाई सबै खालको सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि प्रवक्ता शर्माको भनाइ छ । ‘राष्ट्रिय एकता  निर्माण भएको यो ऐतिहासिक कालखण्डमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखी उच्चस्तरको कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकार सक्षम हुने विश्वास आफ्नो पार्टीले लिएको छ,’ प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री ओलीले सो जिम्मेवारीलाई कसरी पूरा गर्नुहुन्छ ? आफ्नो पार्टीले सतर्कताका साथ नियाली रहेको छ ।’

प्रवक्ता शर्माले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीयता र समृद्धिको अभियानमा सरकारलाई आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप