शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा छोराको कुटाइबाट बाबुको मृत्यु

मङ्गलबार, २६ कात्तिक २०७६, १८ : ५९
मङ्गलबार, २६ कात्तिक २०७६

महात्तरी– महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

गएराति दुवै बाबुछोराबीच झैझगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि उहाँको मृत्यु भएको थियो । शवपरीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रनाउ बुढाथोकीले बताए । प्रहरीले शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप