मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ओयोको पहिलो टिभी अभियानः भिडियोमार्फत ओयो भ्याल्यु प्रदर्शन

मङ्गलबार, २६ कात्तिक २०७६, १८ : ३१
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं– भारत तथा दक्षिण एशियाकै सबैभन्दा ठूलो फ्रयानचाईज होटेल्स, घरहरु, आवास र कार्यक्षेत्रको श्रृंखला ओयोले नेपालमा दर्शक तथा अतिथिहरुका लागि आकर्षक आफ्नो पहिलो टिभी अभियान अनावरण गरेको छ ।

‘ओयो रहनुस् बिन्दास’ नारा सहित यो टिभी कमर्सियलले देशमा अतिथि तथा सम्पूर्ण पर्यटकहरुका लागि ओयोको बलियो उपस्थीति र गुणस्तरीय आवासको सहज पहुँचमा प्रकाश पारेको छ । 

सबैका लागि जहाँ पनि ओयो छ भन्ने सन्देश यसले प्रवाह गरेको छ । भिडियोमा नेपालको लोकप्रिय अभिनेत्री वर्षा राउत र उनका श्रीमान अभिनेता संजोग कोइरालाले अलग–अलग टिभिसीमा मुख्य भूमिका निर्वाह गरेका छन् र व्यापक दर्शकहरुलाई लक्षित गर्दै यो टिभीसी नेपाली तथा अंग्रेजी उपशीर्षकमा सार्वजनिक गरिएको छ ।

गाडी बिगरीएर सडकको बीचमा फसिरहेको एउटा परिवारलाई ओयोले कसरी उद्वार गर्छ भन्ने कुरा पहिलो टिभीसीमा देखाइएको छ । दोस्रो टिभीसीमा आफ्नो दैनिक रुटिनबाट छुट्टी लिन खोजिरहेका दुई जना साथीहरु तत्कालै ओयो एप मार्फत होटेल बुक गर्छन । दुवै भिडियो ‘तपाईं जहाँ कही गए पनि त्यहाँ तपाईंको लागि ओयो छ’ भन्ने सन्देश प्रवाह गर्दै अन्त्य हुन्छ ।

यात्रुहरुका लागि उच्च गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्न तथा होटेल मालिकहरुलाई उच्च प्रतिफल सुनिश्चित गर्न प्रतिबद्ध रहेको ओयोले सन् २०१७ मा नेपालमा प्रवेश गरेको हो । 

त्यसपश्चात, होटेल श्रृंखलाले आफ्नो उपस्थीति सुन्दर देशको २१ वटा भन्दा बढि शहरहरु, काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज, धनगढी, विरगञ्ज र लुम्बिनीमा विस्तार गरिसकेको छ । 

अहिले ओयोले ४४० भन्दा धेरै होटेलसहित ६,६०० भन्दा धेरै एक्सक्लुसिभ कोठाहरुमार्फत हजारै अतिथिहरुलाई आधुनिक एमिनिटिज जस्तै निशुल्क वाईफाई, टिभी, दागरहित बिछौना र २४ घण्टा सेवा पुर्याउने वाचा गरेको छ ।

ओयो होटेल्स् एण्ड होम्स्, भारत तथा दक्षिण एशियाका कार्यकारी अधिकृत आदीत्य घोषले भने, ‘दक्षिण एशियामा नेपाल हाम्रो लागि प्रमुख बजार हो र हामी देशमा स्थान सुद्दढीकरण गर्न प्रतिबद्ध छौं । हाम्रो यात्रा अपवाद भन्दा केही कम भएको छैन र यो अतिथिहरुले हाम्रो ब्राण्डप्रति देखाएको मायाले मात्र सम्भव भएको हो । यो टिभीसी हाम्रा अतिथिहरुका लागि समर्पित छ जसले ओयोलाई उनीहरुका यात्रा जहाँ कही भएपनि सबैभन्दा मनपर्ने आतिथ्यि पार्टनर बनाउनका लागि प्रेरणा प्रदान गरिरहेका छन् ।’ 

ओयो नेपालका कन्ट्री हेड विक्की योल्मोले भने, ‘हामी नेपालमा पहिलो टिभी अभियान सार्वजनिक गर्न पाउँदा निकै प्रसन्न छौं । यो भिडियोले यात्रुहरुका लागि हाम्रो वास्तविक भ्याल्यु प्रोपोजिशन–तपाईं नेपालमा जहाँ कही भएपनि, ओयो तपाईंबाट टाढा छैन भन्ने सन्देश उजागर गर्दछ ।

हाम्रो सबै होटेलले अतिथिहरुलाई गुणस्तरीय तथा आरामदायक अनुभव प्रदान गर्दछ जुन सहजै ओयो मोबाइल एपबाट बुक गर्न सकिन्छ । हामी अतिथिहरुबाट प्राप्त प्रतिक्रियाबाट निकै सन्तुष्ट छौं र हामी निरन्तर स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुहरुका लागि बहुमुल्य आतिथ्यि प्रदान गर्दछौ र हामी सरकारको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य ‘भ्रमण वर्ष २०२०’ मा सहयोग पुर्याउनेछौं ।’ 

यात्रुहरुका लागि सामाजिक संजालको पहुँच विस्तार गर्दै, ओयोले यूट्यूब, फेसबुक र इन्स्टाग्राममा दुईवटा भिडियो ब्लग सार्वजनिक गर्दैछ । यो भ्लगहरुमा सामाजिक संजालका प्रख्यात नामहरु समृद्धि राई, प्रियंका कार्की र सिसन बानियाँ हुनेछन् ।

विश्वव्यापी रुपमा आतिथ्य अनुभवहरुका लागि सकारात्मक प्रभाव पर्ने नवीनतम प्रस्तावहरुका लागि प्रख्यात ओयोले अहिले अतिथिहरुका लागि विश्वमा ३५,००० भन्दा बढि होटेल्स्, १२५,००० होलिडे आवास तथा १२ लाख कोठाहरु पेश गर्दछ । प्रत्येक रात ओयोमा ५ लाख भन्दा बढिले आराम गर्दछन् र यो आतिथ्य कम्पनीले विश्वव्यापी रुपमा पारेको प्रभाव हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप