शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युनाईटेड ईन्स्योरेन्स एजीएमः मर्जर सम्बन्धि प्रस्ताव पारित, बिमा कम्पनीसँग मर्जरमा जाने बाटो खुल्यो

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ४२
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल)को आर्थिक वर्ष २०७४/०७५को २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले विशेष प्रस्ताहरु परित गरेको छ ।

प्रस्तावहरुमा आ.व. २०७४/०७५ बार्षिक प्रतिवेदन, सोहि आ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भएको छ ।

त्यसैगरि बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले भविष्यमा कुनै निर्जिवन बिमा कम्पनीहरुसँग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप