अत्यधिक रक्तचापका कारण सुत्केरीको मृत्यु
म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको छ । ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए । विकले जन्माएको छोराको अवस्था भने सामान्य छ ।
प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो । विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माएका थिए । आज बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताए ।।
धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएकी थिइन् । पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष पुनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’