शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकासका नाममा हुने गरेको प्राकृतिक विनाश रोकौं: प्रचण्ड

मङ्गलबार, २६ कात्तिक २०७६, १४ : ३९
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकृतिको संरक्षणमा योगदान पु¥याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौती थपिएको उल्लेख गर्दै ती समस्या समाधानमा योगदान पु¥याउने गरी आवश्यक रणनीति तय गर्न वन विज्ञहरुलाई आग्रह गरेका हुन् ।

मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै उनले विकास र समृद्धिको नाममा हुने गरेका वनलगायतका प्रकृतिको विनाश रोक्न विज्ञहरुले विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पारे  । अध्यक्ष दाहालले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथा अवैध व्यापार पनि विश्वमा समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसको समाधानका लागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय रेञ्जर फेडेरेशन (आईआरएफ) को आयोजनामा सुरु भएको सो सम्मेलन ५ दिनसम्म चल्नेछ । ७२ देशका वन क्षेत्रमा कार्यरत नीति निर्माता तथा विज्ञहरु सहभागी रहेको सम्मेलनले वन तथा जैविक विविधताको संरक्षणका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप