शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोलिभिया संकटः पूर्व–राष्ट्रपति इभो मोरालेसले देश छाडे (अपडेट)

मङ्गलबार, २६ कात्तिक २०७६, १४ : २९
मङ्गलबार, २६ कात्तिक २०७६

एजेन्सी । बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेस राजनीतिक शरणको लागि मेक्सिको उडेका छन् । देशव्यापी विरोध प्रदर्शनपछि मोरालेसले हिजो अर्थात नोभम्बर १० मा राजिनामा दिएका थिए ।  राजिनामापछि मेक्सिकोका विदेश मन्त्रीले एक ट्वीट गर्दै मोरालेसले चाहेमा आफूहरुले राजनीतिक शरण दिने बताएका थिए । राजिनामाको भोलिपल्ट मोरालेसले मेक्सिकोको प्रस्ताव स्वीकार गरेका छन् ।  

राष्ट्रपतीय निर्वाचनको अनियमतितालाई लिएर विपक्षीहरुले हप्तौंदेखि प्रदर्शन गरिरहेको अवस्थामा सेना र प्रहरी प्रमुखले पनि मोरालेसलाई राजिनामा दिन आह्वान गरेपछि अन्ततः उनले पद छाडेका थिए ।  
मेक्सिकोको लागि उड्नुअघि मोरालेसले देश छाड्नु पर्दा दुःखी भएको तर एक दिन थप ‘बल र उर्जा’ सहित फर्कने लेखेका छन् । 

यसअघि मोरालेसले आफ्ना समर्थकलाई राजिनामा दिन बाध्य पार्ने ‘कालो शक्ति’हरुको प्रतिरोध गर्न आह्वान गरेका थिए । मोरोलेससँगै सिनेटका अध्यक्षले पनि पद छाडेपछि बोलिभियामा एक प्रकारको राजनीतिक शून्यताको छाएको छ । उता सिनेटकी उपाध्यक्षले नयाँ निर्वाचन सम्पन्न नभएसम्मको लागि आफूले अन्तरिम राष्ट्रपतिका रुपमा काम गर्ने बताएकी छन् । 

मोरालेस् सन् २००६ मा राष्ट्रपति चुनिएका थिए । त्यसअघि उनी कोका कृषक थिए । मोरालेसले राष्ट्रपतित्वकालमा गरिबीविरुद्ध कयैन कार्यक्रम सञ्चालन गरेका थिए भने बोलिभियाको अर्थतन्त्र पनि सुधार गरेका थिए । त्यसले गर्दा उनी गरिब र आदीवासीहरुमाझ लोकप्रिय थिए । तर संविधानले राष्ट्रपतिको कार्यकाल दुई पटकमा सिमित गरेको भएपनि उनले त्यसविरुद्ध गएर चोथौ कार्यकालसम्म उठन् खोजेपछि विवादमा फसेका थिए ।  
चौथो कार्यकालको लागि भएको अघिल्लो निर्वाचनमा धेरै अनियमितता भएको विपक्षी र केही अन्तर्राष्ट्रिय अनुगमनकर्ताले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप