बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकले ल्यायो ग्रीन सेभिङ निक्षेप योजना

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : ४८
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं– नेपाल बैंक लिमिटेडले ‘ग्रीन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री क्षेत्रमा लगानी गर्ने जानकारी दिए । न्यूनतम २५ हजारमा बचत खाता खोली यो निक्षेप योजनामा सहभागी हुन सकिनेछ ।

उक्त योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले ६ दशमलव ५ प्रतिशत व्याजदर उपलब्ध गराउने आकर्षक योजना पनि तय गरेको छ । बैंकका प्रवक्ता अधिकारीले सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले निःशुल्क एटिएम कार्ड, ५० हजारसम्मको औषधि उपचारको व्यवस्था तथा ५० लाखसम्मको दुर्घटना विमालगायतका सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताए ।

त्यसैगरी बैंकले आफ्नो ८३ औं स्थापना दिवसको अवसर पारेर ‘सुलभ अवास कर्जा योजना’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।  बैंकको ८३ औं स्थापना दिवस आगामी कार्तिक ३० गते काठमाडौंमा हुँदैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप