शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : ४२
मङ्गलबार, २६ कात्तिक २०७६

गाजासिटी– इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ । घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्र्दै भनेको छ, ‘इजरायली सेना र इजरायलको शिन बेट आन्तरिक सुरक्षा बलले चलाएको संयुक्त कारबाही अन्तर्गत प्यालेष्टिनी कमाण्डर अल–अता बस्दै आएको भवनमा आक्रमण गरिएको र उनीसहित उनकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको छ । 

स्थानीयबासीले अताको घरमा ठूलो आवाजसहित बिस्फोट भएको बताएका छन् ।  यसैबीच अताले नेतृत्व गरेको इस्लामिक समूहले पनि घटनामा आफ्ना कमाण्डरको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले कमाण्डर अताको घरलाई उच्च सुरक्षा घेरामा राखिएको जनाएको छ ।

इजरायलले हालै आफ्नो भूमिमा भएका रकेट आक्रमणमा अताको सम्लग्नता रहेको र आगामी दिनमा पनि आक्रमणको तयारी गरिरहेको बताएको थियो । –एएफपी /Photo: AFP   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप