बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशका राष्ट्रपति नेपालमा

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : ३५
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । तीन दिन भ्रमणका क्रममा नेपाल आएका उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी  विमास्थल पुगेकी थिइन् ।  

नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । 

भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप