शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : ३४
मङ्गलबार, २६ कात्तिक २०७६

वासिङ्टन– अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सबैभन्दा जेष्ठ ९५ वर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । 
 
इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएको चिकित्सकहरुले जनाएका छन् ।  उनी यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना भएका हुन् । त्यतिबेला उनलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो । 

अमेरिकाको ३९ औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गरेका थिए ।  –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप