बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला समन्वय समिति उदयपुरको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ३९
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका–४ मा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समिति उदयपुरको स१झ २६८ नम्बरको गाडीले बिहान साढे ९ बजे को३०प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार झापाको पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–१० का ३० वर्षीय योगेश कुमार धिमाललाई उपचारको लागि विराट नर्सिङहोम विराटनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न गाडीसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप