केन्द्रीय संस्करण

बोलिभिया संकटः पूर्वराष्ट्रपति इभो मोरालेसले राजनीतिक शरण स्वीकार्दै मेक्सिको उडे

person explore access_timeकात्तिक २६, २०७६ chat_bubble_outline0

एजेन्सी । बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेस राजनीतिक शरणको लागि मेक्सिको उडेका छन् । देशव्यापी विरोध प्रदर्शनपछि मोरालेसले नोभम्बर १० मा राजीनामा दिएका थिए । 

राजीनामापछि मेक्सिकोका विदेश मन्त्रीले एक ट्वीट गर्दै मोरालेसले चाहेमा आफूहरुले राजनीतिक शरण दिने बताएका थिए । राजीनामाको भोलिपल्ट मोरालेसले मेक्सिकोको प्रस्ताव स्वीकार गरेका छन् ।  

राष्ट्रपतीय निर्वाचनको अनियमिततालाई लिएर विपक्षीहरुले हप्तौंदेखि प्रदर्शन गरिरहेको अवस्थामा सेना र प्रहरी प्रमुखले पनि मोरालेसलाई राजीनामा दिन आह्वान गरेपछि अन्ततः उनले पद छाडेका थिए ।  

मेक्सिकोको लागि उड्नुअघि मोरालेसले देश छाड्नु पर्दा दुःखी भएको तर एक दिन थप ‘बल र उर्जा’ सहित फर्कने लेखेका छन् । 

यसअघि मोरालेसले आफ्ना समर्थकलाई राजीनामा दिन बाध्य पार्ने ‘कालो शक्ति’हरुको प्रतिरोध गर्न आह्वान गरेका थिए । 

मोरोलेससँगै सिनेटका अध्यक्षले पनि पद छाडेका बोलिभियामा एक प्रकारको राजनीतिक शून्यताको अवश्यकता छ । उता सिनेटकी उपाध्यक्षले नयाँ निर्वाचन सम्पन्न नभएसम्मको लागि आफूले अन्तरिम राष्ट्रपतिका रुपमा काम गर्ने बताएकी छन् । 

मोरालेस सन् २००६ मा राष्ट्रपति चुनिएका थिए । त्यस अघि उनी कोका कृषक थिए । मोरालेसले राष्ट्रपतित्वकालमा गरिबीविरुद्ध कयैन कार्यक्रम संचालन गरेका थिए भने बोलिभियाको अर्थतन्त्र पनि सुधार गरेका थिए । त्यसले गर्दा उनी गरिब र आदीवासीहरुमाझ लोकप्रिय थिए ।

तर संविधानले राष्ट्रपतिको कार्यकाल दुई पटकमा सिमित गरेको भए पनि उनले त्यसविरुद्ध गएर चोथौ कार्यकालसम्म उठन् खोजेपछि विवादमा फसेका थिए ।  

चौथो कार्यकालको लागि भएको अघिल्लो निर्वाचनमा धेरै अनियमितता भएको विपक्षी र केही अन्तराष्ट्रिय अनुगमनकर्ताले बताएका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...