बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टुबोर्ग ओपन सेसन २ मा महेश र त्रिशलाको ‘नाच फिरिरि’

मङ्गलबार, २६ कात्तिक २०७६, १२ : १२
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं– टुबोर्ग ओपन सेसन २ को लागि महेश काफ्ले तथा त्रिशला गुरुङ्गले आफ्नो प्रख्यात गीत ‘नाच फिरिरि’ प्रस्तुत गरेका छन् । छोटो समयमा नै अत्याधिक चर्चित हुनपुगेको सो गीतमा रोहित शाक्यले टुबोर्ग ओपन सेसन २ को लागि थप संगीत भरेका छन् ।

महेश तथा त्रिशलाद्वारा गाईएको सो गीतमा लोक र आधुनिक दुवै संगीतको सुमधुर समिश्रण पाईन्छ । सांगितिक परिवारबाट आएका महेश काफ्ले आफैंले उक्त गीतको रचना गरेका हुन भने गायन क्षेत्रमै आफु अत्यन्तै सन्तुष्ट रहेको कुरा पनि उनले व्यक्त गरेका छन्  । 

उनले ६ महिनासम्म नाच फिरिरिमा गोप्य रुपमै काम गरेका थिए भने गीत सार्वजनिक भएको छोटो अवधिमै दर्शक श्रोताहरुले उक्त गीतलाई अत्यधिक रुचाएका थिए । प्रारम्भिक चरणमा इन्स्टाग्रामबाट आफ्ना कभर भिडियोहरु अपलोड गर्दै आएका त्रिशला गुुरुङले कम समयमा नै धेरै ख्याती प्राप्त गरिन । 

बाल्यकाल देखिनै संगीतमा अत्यन्तै रुचि रहेका उनीले धेरै प्रतियोगिताहरुमा पनि भाग लिईन् । महेश र त्रिशला दुवैजनाले संगीत क्षेत्रमा आफ्नो योगदान वापत धेरै पुरस्कारहरु पनि प्राप्त गरेका छन् ।

२०१८ मा आरबिट्ररीद्वारा टुबोर्ग ओपन सेसन एक युट्युब च्यानल शुरु गरिएको थियो जसमा ५१ वटा गीतहरुको श्रृंखला संकलित थिए भने १ करोड भन्दा धेरै भ्यूज प्राप्त भएको थियो । टुबोर्ग ओपन १ को अपार सफलता पछि थप नयाँ संगीतकार, गायकगायिकाहरुका साथ अझ परिष्कृत रुपमा टुबोर्ग ओपन २ दर्शकहरुको सामु पुनःआएको छ ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्बन्ध रहेको छ जसले नयाँ कलाकारहरुलाई बजारमा पहिचान बनाउन मदत गर्दै आईरहेको भने  पुराना तथा नव कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमा धेरै दर्शकहरुमाँझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोगले अग्रणीय भुमिका खेल्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप