श्रम स्वीकृतिका लागि निवेदन दिँदा मोवाइल नम्बर र इमेल ठेगाना सही भर्नुस्, लागू भयो पासपोर्टमा ई—स्टिकर
काठमाडौँ । सरकारले आजदेखि श्रम स्वीकृति दिँदा ई—स्टिकर दिने भएको छ । श्रम विभागका महानिर्देशक भीष्म कुमार भुसालले आजैदेखि पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई–स्टिकर दिने कार्य प्रारम्भ गर्ने जानकारी दिए ।
उनले भने, ‘श्रम स्वीकृतिका लागि आवेदन दिनेले आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही भर्ने र पासवर्ड याद गर्नुपर्नेछ । अब हामी ई–स्टिकरतर्फ जादैछौ ।’
यसबाट दलालले नक्कली स्टिकर बनाइ भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्याउने, पासपोर्ट फोहोर हुने, १० वर्षअघि जनरल लेभलमा विदेश गएका तर अहिले म्यानेजर भएकाहरुले पनि जमानाको स्टिकर देखाएर हिँड्न पर्ने र स्टिकर छपाइमै सरकारको लाखौ रुपैयाँ खर्च हुने अवस्थाको अन्त्य हुने भनिएको छ ।
ई–स्टिकर शुरु भएपछि इमेलमा जहिले चाह्यो उहिले स्टिकर प्रिन्ट निकाल्न सक्ने र श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नौ मोवाइलमा श्रम स्वीकृतिको स्टिकर आउने महानिर्देशन भुसालले जनाए ।
विभागका निर्देशक भोलानाथ गुरागाइले आज ताहाचल श्रम स्वीकृति कार्यालयबाट शुरु हुने र एकहप्ताभित्र सबैतिर लागू हुने बताए । डुब्लिकेट स्टिकरको प्रयोगलाई रोक्न आफूहरु इस्टिकरतर्फ जानु परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ