राष्ट्रपति हमिद हेलिकोप्टर चढेर भक्तपुर घुम्न जाने

काठमाडौँ । मङ्गलबार चार दिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल बसाइ, उच्च राजनीतिक भेटघाट तथा ऐतिहासिक सम्पदा अवलोकनको कार्यतालिका सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद काठमाडौँ ओर्लिएलगत्रै मङ्गलबार नै भक्तपुरस्थित ऐतिहासिक दरवार क्षेत्र अवलोकन गर्न जानेछन् । राष्ट्रपति हमिद काठमाडौँबाट भक्तपुर दरवार स्क्वायर जाँदा हेलिकोप्टरको प्रयोग गरिनेछ ।
सडकमार्गबाट भक्तपुर जाँदा सर्वसाधारणहरु ट्राफिक जाममा पर्ने भएकाले हेलिकोप्टर प्रयोग गर्न लागिएको बताइएको छ । हमिद मङ्गलबार मध्यान्ह १२ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर त्यहाँबाट नक्सालस्थित होटल मेरियट पुग्नेछन् । होटलमा केहीबेरको विश्रामपछि उनी नारायाणहिटीस्थित हेलिप्याडबाट हेलिकोप्टरमार्फत भक्तपुर प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
हमिद सवार हेलिकोप्टर भक्तपुरस्थित नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयको हेलिप्याड प्रयोग गरिनेछ । त्यसैगरी भक्तपुरबाट फर्कदा नारायणहिटीमा हेलिकोप्टर अवतरण गरिने छ ।
नारायणहिटी र हमिद बस्ने होटल मेरियट नजिकै पर्छ ।
राष्ट्रपति हमिदले भक्तपुरमा करिव २ घण्टा बिताएर अपरान्ह सवा ५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका छ ।
सडकमार्ग प्रयोग गर्दा ट्राफिक जाम हुने भएकाले हेलिकोप्टर प्रयोग गर्न लागिएको जनाइएको छ ।
आज साँझै उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नेछन् भने त्यसपछि बाँसबारीस्थित बङ्गलादेशको दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त