केन्द्रीय संस्करण

राष्ट्रपति हमिद हेलिकोप्टर चढेर भक्तपुर घुम्न जाने

person explore access_timeकात्तिक २६, २०७६ chat_bubble_outline0

काठमाडौँ । मङ्गलबार चार दिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल बसाइ, उच्च राजनीतिक भेटघाट तथा ऐतिहासिक सम्पदा अवलोकनको कार्यतालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद काठमाडौँ ओर्लिएलगत्रै मङ्गलबार नै भक्तपुरस्थित ऐतिहासिक दरवार क्षेत्र अवलोकन गर्न जानेछन् । राष्ट्रपति हमिद काठमाडौँबाट भक्तपुर दरवार स्क्वायर जाँदा हेलिकोप्टरको प्रयोग गरिनेछ ।

सडकमार्गबाट भक्तपुर जाँदा सर्वसाधारणहरु ट्राफिक जाममा पर्ने भएकाले हेलिकोप्टर प्रयोग गर्न लागिएको बताइएको छ । हमिद मङ्गलबार मध्यान्ह १२ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर त्यहाँबाट नक्सालस्थित होटल मेरियट पुग्नेछन् । होटलमा केहीबेरको विश्रामपछि उनी नारायाणहिटीस्थित  हेलिप्याडबाट हेलिकोप्टरमार्फत भक्तपुर प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

हमिद सवार हेलिकोप्टर भक्तपुरस्थित नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयको हेलिप्याड प्रयोग गरिनेछ । त्यसैगरी भक्तपुरबाट फर्कदा नारायणहिटीमा हेलिकोप्टर अवतरण गरिने छ ।

नारायणहिटी र हमिद बस्ने होटल मेरियट नजिकै पर्छ ।


राष्ट्रपति हमिदले भक्तपुरमा करिव २ घण्टा बिताएर अपरान्ह सवा ५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका छ ।

सडकमार्ग प्रयोग गर्दा ट्राफिक जाम हुने भएकाले हेलिकोप्टर प्रयोग गर्न लागिएको जनाइएको छ ।

आज साँझै उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नेछन् भने त्यसपछि बाँसबारीस्थित बङ्गलादेशको दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...