शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सैफसँग ‘ताण्डव’मा विश्व सुन्दरी मानुषी छिल्लर

मङ्गलबार, २६ कात्तिक २०७६, १० : ३१
मङ्गलबार, २६ कात्तिक २०७६

सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लरले अभिनेता सैफ अली खानसँग वेभ शो ‘ताण्डव’ बाट डेब्यु गर्ने भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार अली अब्बास जफरको निर्देशन रहने उक्त वेश शोका लागि ‘लुक’ जाँच गरिएको थियो । सैफ अली खान भने यसअघि नै यस शोका लागि मुख्य भूमिकामा चुनिएका थिए ।

मानुषीले उक्त शोका लागि यशराज स्टूडियोमा लुक टेस्ट गराएकी थिइन् । वेभ शो अमेरिकी शो ‘हाउस अफ काड्र्स’ बाट अभिप्रेरित हुनेछ । जुन अमेरिकी राजनीतिमा आधारित थियो भने यो शो भारतीय राजनीतिमा आधारित छ ।

स्पटबोइको अनुसार उक्त शोको शुटिङ केही महिनाभित्र नै सुरु हुनेछ । शो २०२० सम्म रिलीज हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप