शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अलीबाबाको २४ घण्टामा ४३ खर्ब रुपैयाँको सामान बिक्री, अमेजनको दुई महिनाको बिक्री बराबर

मङ्गलबार, २६ कात्तिक २०७६, १० : ३०
मङ्गलबार, २६ कात्तिक २०७६

चीनको इ–कमर्स कम्पनी अलिबाबाको ‘सिंगल डे सेल’ मा २४ घण्टाभित्र ३८.४ अर्ब डलर अर्थात् ४३ खर्ब रुपैयाँको बिक्री भएको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च ‘सिंगल डे सेल’ हो । यो गत वर्षभन्दा २७ प्रतिशत बढी हो । सन् २०१८ मा सिंगल डे सेल्स ३० अर्ब डलर रहेको थियो ।

अलिबाबाले यो वर्ष सिंगल डे सेलमा जति कमाए, अमेरिकी कम्पनी अमेजनको दुई महिनामा त्यति बिक्री हुन्छ ।

अमेरिकी गायक टेलर स्विफ्टको प्रस्तुतीसहित आइतबार राती १२ बजे (चीनको समयानुसार) सुरु भएको अलिबाबाको अनलाइन सेल सोमबार मध्य रातमा समाप्त भयो । कम्पनीले एक सेकेन्डमा पाएको अर्डरको आँकडाको रेकर्ड ५.४४ लाख पुग्यो । यो सन् २००९ को तुलनामा १३६० गुणा बढी हो । कम्पनीले यसै वर्ष सिंगल डे सेल सुरु गरेको थियो ।

विश्लेषकले १० प्रतिशत ग्रोथको अपेक्षा गरेका थिएः

अमेरिका–चीनबीच व्यापार युद्ध र चीनको अर्थव्यवस्थामा मन्दीका कारण अलिबाबा यो वर्ष दबाबमा छ । विश्लेषकले सिंगल डे सेलमा पनि यो वर्ष १० प्रतिशतको वृद्धि अपेक्षा गरिरहेको थियो तर २७ प्रतिशत रह्यो । गत वर्ष पनि यति नै रह्यो । अर्कोतर्फ केही विश्लेषका अनुसार अर्थव्यवस्था जति नै खराब भएपनि भारी छुट पाएपछि ग्राहकको संख्या कुनै पनि हालतमा बढ्छ ।

यस वर्षको सिंगल डे सेलस यसकारण पनि महत्वपूर्ण छ किनभने अलिबाबा हंगकंगको शेयर बजारमा लिस्टिङका लागि आइपिओमार्फत् १५ अर्ब डलर जुटाउने योजनामा काम गरिरहेको छ । सिंगल डे सेलको आँकडाले आइपिओका लगानीकर्तालाई लोभ्याउनका लागि सहयोगी हुनसक्ने अनुमान गरिएको छ ।

अलिबाबाले सन् २००९ मा चीनमा सिंगल डे सेलको सुरुवात गरेको थियो । यो दिन ११ नोभेम्बर यसकारण निश्चित गरिएको थियो किनभने यो मितिमा ११११ अर्थात् चारपटक सिंगल आउँछ । अलिबाबाको सिंगल डे अब संसारको सबैभन्दा ठूलो अनलाइन सेल बनिसकेको छ । अमेरिकामा यस्तै प्रकारको सेल साइबर मन्डेमा गत वर्ष ७.९ अर्ब डलरको बिक्री भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप