बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा कन्टेनर पल्टियो, सवारीसाधन एकतर्फी

मङ्गलबार, २६ कात्तिक २०७६, ०९ : ४२
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका सात किलोमा मङ्गलबार बिहान कन्टेनर दुर्घटना हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

सडकमै कन्टेनर पल्टिएका कारण बिहान ६ बजेबाट सवारी आवामगन एक लेनमा आलोपालो चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

चितवनबाट काठमाडौँ आउँदै गरेको ना२ख ३४८१ नम्बरको कन्टेनर अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सवारी साधनमा भने सामान्य क्षति भएको छ ।

उक्त कन्टेनरमा रहेको सामान ‘अनलोड’ गरी दुर्घटनाग्रस्त कन्टेनरलाई हटाउने प्रयास भइरहेको प्रहरी चौकी महादेवबेसी धादिङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप