शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको सम्पादकीय : ‘कार्यकर्ता होइन, विषयविज्ञ नियुक्त गर’ देखि ‘ज्योति पक्राउका अर्थ र आशंका’सम्म

मङ्गलबार, २६ कात्तिक २०७६, ०७ : १९
मङ्गलबार, २६ कात्तिक २०७६

आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकहरुले व्यापार, स्वाथ्य, पर्यटन एवम् राजनीतिक विषयमा सम्पादकीय लेखेका छन् । प्रधानमन्त्रीले सचिवालय गठन गर्दा ध्यान दिनुपर्ने विषयदेखि उद्योगी रुपज्योति पक्राउको विषय पनि आजको सम्पादीयमा परेका छन् । 

नयाँ पत्रिका दैनिकले व्यापार घाटा कम गर्नका लागि सिमेन्टलाई पूर्ण क्षमतााम उत्पादन गर्न सुझाव दिँदै आज सम्पादकीय लेखेको छ । ‘व्यापारमा सिमेन्टको शिक्षा’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –पूर्ण क्षमतामा उत्पादन गर्ने हो भने नेपाली सिमेन्ट निर्यातको युगमा प्रवेश गर्नुका साथै आयात घट्ने, आयातै नहुने र निर्यात समेत गरेर विदेशी पैसा आर्जन गर्ने बाटो खुल्नेछ ।

गोरखापत्र दैनिकले ‘सेवा र व्यावसायको सन्तुलन’ शीर्षकमा सम्पादकीय लेख्दै विगत केही समयदेखि उपचारका क्रममा चिकित्सक÷स्वास्थ्यकर्मी तथा संस्थामाथी आक्रमण बढ्न थालेको बताएको छ । उसले स्वास्थ्यको जिम्मा पूर्णरुपमा राज्यले लिएर नागरिकको स्वास्थ्यप्रति उत्तरदायी र समाज कल्याणकारीमैत्री नहुँदासम्म स्वाथ्यमा क्षेत्रमा देखिएको व्यापारीकरण रहीरहने उल्लेख गरेको छ ।

आजको नेपाल समाचारपत्र दैनिकले चीनको ल्हासाबाट हुँदै आएको हवाई उडान सेवा रोकिनु र त्यस विषयमा कुनै छलफल नहुनाले आसन्न नेपाल भ्रमण वर्षमा असर पार्ने उल्लेख गर्दै ‘पर्यटनको पूर्वाधारमा चासो’ शीर्षकमा सम्पादीय लेखेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यलाई पूरा गर्न पूर्वाधारमा चासो नदिएकाले लक्ष्य पूरा नहुनेतर्फ सचेत गराएको छ । 

गत वर्ष आसोजमा चैतन्य मिश्रजस्ता प्रतिष्ठित प्राध्यापकको नेतृत्वमा ‘नीति अध्ययन प्रतिष्ठान’ को नाममा सरकारी थिङ्क ट्याङ्क गठन हुँदाको उत्साह र त्यो निरन्तर विगठन हुँदै गएको अवस्थाका विषयमा आजको कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । ‘नीति प्रष्ठिानप्रति सरकारी अलमल’ शीर्षकको सम्पादकीयमा  प्रतिष्ठानलाई स्वायत्त बनाउन सरकारले ढिलो गर्न नुहुने उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षा र स्वाथ्यका निम्ति संघर्षरत अभियन्ता डा. गोविन्द केसीको अनसनका विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै नागरिक दैनिकको सम्पादकीयमा भनिएको छ –केसीलाई जबर्जस्ती काठमाडौंमा ल्याउन खोज्ने होइन, उनका माग सम्बोधन गर्नेतर्फ ध्यानुपर्छ । उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी माग छिटोभन्दा छिटोसम्बोधन गर्नुपर्छ ।

अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सल्लाहकार र विज्ञ’लाई एकैचोटी राजीनामा गर्न दिएको निर्देशनको विषयमा विश्लेषण गर्दै विषय विज्ञलाई नियुक्त गर्न सुझाव दिएको छ । ‘कार्यकर्ता होइन, विषयविज्ञ नियुक्त गर’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –फेरि पनि नागरिकका करलाई भार पार्न त्यही प्रकृतिमा रहेर नियुक्त हुन्छन् कि वास्तवमै मुलुकलाई निकास दिने हैसियत राख्ने स्वाथ्र्यरहित प्रकृतिका पत्र नियुक्त हुन्छन्, त्यो हेर्न बाँकी छ ।

त्यसैगरी आजको कारबोबार दैनिकले रुपज्योति पक्राउले निजी क्षेत्री नै निरुत्साहित हुने अवस्थालाई सम्पादकीयमा उल्लेख गरेको छ । ‘ज्योति पक्राउका अर्थ र आशंका’ शीर्षका लेखिएको सम्पादकीयमा भनिएको छ–पैसाका लागि बार्गेनिङ गर्ने समूहको कुरा स्वीकार नगर्दा आफू जबर्जस्ती कानुनी फन्दामा पारिएको न्यायाधीशकै सामु ज्योतिको बयानले वास्तविक अवस्थाको चित्रण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् आपूर्ति लिँदा डेडिकेटेड लाइनबाट नै लिनुपर्ने बाध्यता नयाँ उद्योगीलाई परेको उल्लेख गर्र्दै आर्थिक अभियानले ‘डेडिकेटेड लाइनको बाध्यता’ शीर्षकमा सम्पादकीय लेखेको छ । अहिले लोड सेडिङ अन्त्य भएको अवस्थामा डेडिकेटेड लाइनबाट विद्युत् लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ सम्पादकीयमा भनिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप