बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवजात शिशुको हातमा ६ – ६ वटा औंला थिएः नर्सले अतिरिक्त औंला काटिदिइन्, मृत्यु

मङ्गलबार, २६ कात्तिक २०७६, ०६ : ५८
मङ्गलबार, २६ कात्तिक २०७६

भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ ।

सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए । नर्सले नवजात शिशुको एक–एकवटा औंला काटिदिएलगत्तै बालकको स्थिती बिग्रन थाल्यो र उनको मृत्यु भयो । बालकका पिताले स्वास्थ्यकर्मी विद्या देवीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार शनिबार राती लक्ष्मी नामकी महिलालाई प्रसव पीडा भएपछि सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा भर्ना गरिएको थियो । आइतबार बिहान लक्ष्मीले छोरा जन्माइन् ।

लक्ष्मीका श्रीमान्ले महिला स्वास्थ्यकर्मी विद्याले बालकको औंला काटिदिएपछि मृत्यु भएको आरोप लगाएका छन् ।

पुलिस अधिकारी आलोक प्रियदर्शीले महिला स्वास्थ्यकर्मीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसका साथै डाक्टर एसके रावतले बालकको औंला काट्नका लागि परिवारको सहमती लिए नलिएको भन्दै अनुसन्धान गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप