उद्योगपति डा. रुपज्योतिको पक्राउप्रति नाडाले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्ती सहित)
![उद्योगपति डा. रुपज्योतिको पक्राउप्रति नाडाले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्ती सहित)](https://rpcdn.ratopati.com/media/albums/rup-jyoti_lU32YokvF4.jpg)
काठमाडौं– उद्योगपति तथा नाडाका पूर्व अध्यक्ष डा. रुपज्योतिको पक्राउप्रति नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
एशोसिएशनले आज एक विज्ञप्ती जारी गर्दै संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समुहका उपाध्यक्ष डा. रुप ज्योति तथा उनकी सुपुत्री सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरीएको गिरफ्तारीप्रति एशोसिएशनको गंभिर ध्यानाकर्षण भएको जनाएको हो ।
उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने बैकल्पीक मार्ग हुँदाहुँदै पनि गंभिर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको एशोसिएशनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
जाहेरीमा उल्लिखित व्यहोरा बमोजिम दुई पक्ष बीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई सम्मानित अदालतमा धरौटी रकम समेत राखि सकिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको एशोसियशनले जनाएको छ । छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयबस्तुमा समेत थुनछेक लम्व्याउने मनसाय देखिएको पनि विज्ञप्तीमा बताइएको छ ।
यस सन्दर्भमा जे जस्तो अनुसन्धान गर्नुपर्ने हो छिटो सम्पन्नगरी सम्मानित अदालतमा पेस गरी न्यायका लागि मार्ग प्रशस्त गरि दिने व्यवस्थाका लागि गृह प्रशासन समक्ष एशोसियशनले विज्ञप्तीमार्फत अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन
-
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कृषिबारे छलफल
-
२१ वटा बस्तुमा नेपाल गुणस्तर कायम
-
प्रधानमन्त्रीसँग शान्तिका लागि संसदीय मञ्चका अन्तर्राष्ट्रिय अध्यक्षको शिष्टाचार भेट
-
ताइवानको डिपार्टमेन्ट स्टोरमा ग्यास विस्फोटः ४ को मृत्यु, २६ जना घाइते
-
सार्वजनिक संस्थानमध्येकै राम्रो नेप्से पुनर्संरचना किन आवश्यक ?