कास्की २ उपनिर्वाचन: समाजवादीका उम्मेद्वार भन्छन्- अब काम गर्नेलाई भोट दिनुस्
पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको सरगर्मी यतिबेला बढेको छ । देशभर स्थानीय तथा प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावको लागि साना तथा ठुला पार्टीले आफ्नो चुनावी तयारी बढाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको एकमात्र उपनिर्वाचनका लागि २५ जना उम्मेद्वारको उम्मेद्वारी दर्ता भएकोमा ३ जनाको बदर भयो ।
१ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारहरु आफ्नो चुनावी एजेण्डा लिएर घरदैलो कार्यक्रम अघि बढाएका छन् । यस्तै, बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ ।
लामो समय युएनमा काम गरेका इन्जिनियर धर्मराज गुरुङलाई यतिबेला मत माग्न भ्याईनभ्याई छ । समाजवादी पार्टीले सोमबार नयाँ गाउँमा र तमुधीको कार्यालयमा प्रचारप्रसार कार्यक्रम गरेको छ ।
पहिचानको मुद्दालाई जोड दिँदै आएको समाजवादीका उम्मेद्वार गुरुङले घरदैलो कार्यक्रममा चिल्ला कुरा गर्नेहरुले देश डुवाएको आरोप लगाएका छन् । ‘अब काम गर्नेहरुलाई भोट दिनुस्,’ उनले भने, ‘समाजवादी पार्टीले गफ गर्दैन काम गरेर देखाउँछ ।’
गुरुङ समुदायबाट एक मात्र उम्मेद्वार रहेका धर्मराजले यस पटकको चुनाव समाजवादीले जित्ने दावी समेत गरेका छन् । जनताहरु भ्रष्ट्राचार र ढिलासुस्तीबाट आजित भएको हुँदा अबको निर्वाचनमा विकल्पको रुपमा समाजवादी पार्टीलाई मतदान गरेर चुनाव जिताउने विश्वास समेत उनले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म