शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपासँगको २५ वर्षे गठबन्धन तोड्दै कंग्रेससँग मिलेर महाराष्ट्रमा सरकार बनाउने तयारीमा शिवसेना

सोमबार, २५ कात्तिक २०७६, १८ : ४६
सोमबार, २५ कात्तिक २०७६

एजेन्सी । भारतको महाराष्ट्रमा भाजपाले सरकार बनाउन सक्ने संख्या पु-याउन नसकेपछि राज्य–गर्भनरले शिव सेनालाई सरकार बनाउन आह्वान गरेका छन् । 

गर्भनरको आह्वानपछि शिव सेनाले राष्ट्रिय कंग्रेस र भारतीय कंग्रेसको सहयोगमा सरकार बनाउने तयारी सुरु गरेको छ । तीन दल एक ठाँउमा आए भने सरकार बनाउन बहुमत पुग्नेछ ।

तर राष्ट्रिय कंग्रेस र कंग्रेसले शिव सेनालाई समर्थन दिनु अघि शिव सेनालाई भाजपासँगको गठबन्धनबाट बाहिरिनुपर्ने माग राखेका छन् । 

उता केन्द्रीय सरकारमा रहेका शिव सेनाका एक मात्र मन्त्री अरविन्द सावन्तले राजिनामा दिएका छन् । यस कदमलाई भाजपासँगको गठबन्धन तोड्ने प्रयास मानिएको छ ।  

सूत्रका अनुसार यस सम्बन्धमा राष्ट्रिय कंग्रेस पार्टीका प्रमुख शरद पवार भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग सम्पर्कमा रहेको बताइएको छ । 

सोमबारनै शिव–सेना नेता सञ्जय राउतले दिल्लीमा कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेटघाट गर्दैछन् । 

बदलिएको अवस्थामा शिव सेना अध्यक्ष उद्धव ठाकरे मुख्यमन्त्री बन्न सक्छन् । पहिले उनले आफ्नो छोरा आदित्य ठाकरेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए ।  

उता नयाँ गठबन्धनमा उप मुख्यमन्त्रीको पद शरद पवारको दल राष्ट्रिय कंग्रेस र विधान–सभाको सभामुखको पद कंग्रेसलाई दिइने चर्चा छ । 

सूत्रका अनुसार प्रदेशका गर्भनरले शिव सेनालाई साँझ साढे ७ बजेसम्म आफ्नो सरकार बनाउने संख्या पु¥याउने समय दिएका छन् । 

यस्तोमा उद्धव आफै सत्ताको समीकरणका लागि सक्रिय भएका छन् । आइतबार राती अबेरसम्म शिवसेनाका ठूला नेताको वैठक भएको थियो । 

२८८ सिटको महाराष्ट्र विधानसभामा भाजपाले सबैभन्दा धेरै १०५ सिट छ । तथापि उसले सरकार बनाउन आवश्यक १४५ सिट संख्या पु¥याउन सकेन ।

चुनावको समयमा गठबन्धन बनाएका भाजपा र शिव सेनाबीच सरकार गठनको समयमा विवाद उत्पन्न भएको थियो ।  

दुई दलबीच २५ वर्षदेखि महाराष्ट्रमा गठबन्धन थियो । तर भर्खरै सम्पन्न चुनावमा शिव सेनाले भाजपासँग आलो–पालो मुख्यमन्त्रीको माग गरेपछि दुई दलको सम्बन्ध बिग्रियो । भाजपाले उप–मुख्यमन्त्री शिव सेनालाई दिन तयार भए पनि आलोपालो शासन अस्वीकार गरेको थियो । 

यसबाट शिव सेना रुष्ट भएर भाजपाबिनै सरकार बनाउने तयारीमा छ ।

महाराष्ट्रको विधानसभाको हालै भएको निर्वाचनको मतपरिणाम निम्न छः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप