बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आलम पक्षका वकिलको बहस : विना प्रमाण निर्दोषलाई फसाउन खोजियो

सोमबार, २५ कात्तिक २०७६, १८ : २५
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं – काँग्रेस सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको बहस बुधबार पनि हुने भएको छ ।  आलममाथिसाबिक राजपुर फरदहवा गाविस– ४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यानसहित तीनवटा कसुरका विषयमा बहस भइरहेको छ ।

सोमबार आलमकातर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी,सुनिल पोखरेल, योगेन्द्र बहादुर अधिकारी, कृष्ण घिमिरे भूषण र गोपाल कृष्ण घिमिरेले बहस गरेका थिए । प्रतिवादीका वकिलले प्रहरीको प्रतिवेदन , स्थलगत मुचुल्का, ठोस प्रमाण आलमविरुद्ध नरहेको, पहिलो स्थलगत मुचुल्का र पछिल्लो मुछिएकामा आलमको कतै संलग्नता न देखिएको तर्क गरेका थिए । 

‘संविधानसभाको उमेदवार रहेकोमा राज्यकोतर्फबाट ५ जना सुरक्षागार्ड बीच कसरी अपराध गर्छ ? बम कसले कताबाट ल्यायो ? जालाएर मार्ने योजना बनाएको कसले देख्यो ? बिना प्रमाण निर्दोषलाई फसाउन खोजियो भन्दै निर्दोष रहेकाले बाहिर राखेर मुद्दा चलाउनु पर्छ,’ उनीहरुले तर्क थियो ।

मृतक भनिएका ओसी महमदको श्रीमती अमना खातुनको निवेदन मिसिलमा राखियो र ओसीको आमा मृतक रुखदानाको घटनाको उजुरी पनि मिसिलमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप