शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खस्कियो पारस र सन्दीपको वरियता

सोमबार, २५ कात्तिक २०७६, १८ : १२
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० क्रिकेटको खेलाडी वरियतामा नेपालका पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको वरियता खस्किएको छ । आईसीसीले समोबार सार्वजनिक गरेको नयाँ ब्याटिङको वरियतामा पारस ५५ औं स्थानमा झरेका छन् ।

यसअघि पारस ब्याटिङतर्फ ४५औं स्थानमा थिए । तर, पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अगाडी छन् । पारसको अलराउण्डर वरियता समेत घटेको छ । अलराउण्डरमा पारस ३२ औं स्थानमा झरेका छन् ।

यसअघि पारस २४ औं स्थानमा रहेका थिए । अलराउण्डरमा नेपालका सोमपाल कामी ६७ औं र करण केसी ८८ औं स्थानमा रहेका छन् । दुवैको वरियता खस्किएको हो । यसअघि सोमपाल ६२ औं र करण ८२ औं स्थानमा थिए । यसैगरी बलिङतर्फ सन्दीप ६९ औं स्थानमा झरेका छन् ।

यसअघि सन्दीप ६४ औं स्थानमा थिए । बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण एक सयौं स्थानमा  छन् । बलिङमा दुवैको वरियता घटेको हो । यसअघि सोमपालको वरियता ६८ औं र करणको ८३ औं रहेको थियो । बलिङमा नेपालका बसन्त रेग्मी र अविनाश बोहरा भने शीर्ष एक सयबाट बाहिरिएका छन् । अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश एक सयौं स्थानमा थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप