केन्द्रीय संस्करण

सेनाले गर्यो सेनानी रामचन्द्र तिवारीलाई बर्खास्त

person explore access_timeकात्तिक २५, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । 

२०७३ चैत १८ मा जापानमा दुई वर्ष अध्ययनका लागि बेतलबी बिदा लिएका उनी अध्ययन सकेपछि सर्त बमोजिम हाजिर नभइ आफूखसी हिँडेकाले सैनिक ऐन बमोजिम कारबाही गरिएको सेनाले जनाएको छ । 

सेनाका अनुसार उनलाई गत भदौ ८ गते पक्राउ गरिएको थियो भने छानबिन पछि कारबाहीको निर्णय गरिएको थियो । 

सो सम्बन्धमा जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतबाट तिवारीले सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिईसकेपश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको दाबी सहित जथाभावी बोल्दै हिड्ने गरेको पाइएको सेनाले जनाएको छ । 

 यो बीचमा उनले थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्वीकृति नलिई व्यक्तिगत आर्थिक फाइदा हुने नियतले काम गरेको पाइएकाले  उनलाई ‘भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ ठहरसहित भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.