जङ्गलमा पुगेका जोडीको अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्नेमाथि प्रहरीद्वारा गोली प्रहार
बुटवल । ब्ल्याकमेलिङ गरेका लुटेराहरुलाई दाङको तुल्सीपुरको जङ्गलमा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।
दाङको तुलसीपुरभन्दा १२ किलोमिटर भित्र जङ्गलमा बिगत लामो समयदेखि त्यहाँ पुगेका जोडीहरुलाई लुट्ने र ब्ल्याकमेलिङ गर्ने समूहलाई नियन्त्रण लिनका लागि २ राउन्ड गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपी हरिहर नाथ योगीले रातोपाटीलाई बताए ।
व्यक्तिहरुलाई तर्साउने, धम्काउने र लुट्ने काम गरिरहेका तीनजनाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार ब्ल्याकमेलिङ गरेका लुटेराको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर–३ खमारीको जङगलमा प्रहरीले गोली चलाएर तुलसीपुर–३ खमारीका १९ वर्षीय विमल वली, १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्री रहेका छन ्। घटनामा संलग्न अन्य सोही ठाउँका ईश्वर पुन र अर्जुन पुन फरार रहेको डीएसपी योगीले जानकारी दिए ।
आज ईलाका प्रहरी कार्यालय तुलसीपुरका सई मिलन श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले गोली चलाउँदै नियन्त्रण लिएको हो ।
उक्त समूहले गत शनिबार युवतीसँग रहेका एक व्यक्तिलाई कुटपिट र लुटपाट गरी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङसमेत गरेको डिएसपी योगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो