उपनिर्वाचन २०७६: चितवनमा तयारी तीव्र

चितवन– आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त गरिनेछ ।
चितवनमा भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । राजनीतिक दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छन् । उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नम्बर ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।
जिल्लाको निर्वाचन हेर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हेमन्त रावल खटिएका छन् । सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी विदुर शर्माविरुद्धको बलात्कारको जाहेरी तामेलीमा
-
जनयुद्धमा उठाएको ४० बुँदे माग प्रचण्ड तीन पटक प्रधानमन्त्री हुँदासमेत किन कार्यान्वयन भएन ?
-
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा
-
गृहले फेर्यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी
-
गण्डकीमा कामकाजी भाषा बहस: मगर र गुरुङ बाहेकलाई पनि समेट्न सुझाव
-
कम्युनिस्ट आन्दोलनको अबको मोडल केरलाको जस्तो हुनुपर्छ : राम कार्की