शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको मृत्यु

सोमबार, २५ कात्तिक २०७६, १४ : १९
सोमबार, २५ कात्तिक २०७६

सोलुखुम्बु– नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नाम्चेका अनुसार कात्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको चो यु भ्यु लज एन्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षीय फ्रान्सेली नागरिकको मृत्यु भएको हो ।

मार्रोन गेटान लुइस नाम गरेका उनको लेक लागेर बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आवश्यक कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप