मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

सोमबार, २५ कात्तिक २०७६, १२ : ४८
सोमबार, २५ कात्तिक २०७६

सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् । 

६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी बसन्त लामाले पुष्टि गरे । 

कतार एयरको उडानबाट नेपाल आएका ट्रुमाथि थप अनुसन्धान भइरहेको उनले बताए । विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट कोकिन करामद भएको हो । 

प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप