शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट ५ लाखको क्षती

सोमबार, २५ कात्तिक २०७६, १२ : ३०
सोमबार, २५ कात्तिक २०७६

रौतहटको कटहरिया नगरपालिका ७ बगहीमा एकघरमा आगलागी हुँदा ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आइतवार साँझ परालको कुन्युबाट सुरु भएको आगलागी सल्किएर स्थानीय शेख सितार महमदको घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा गरी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको कटहरिया–७ का वडा अध्यक्ष हरीभजन साहले बताए ।

कटहरियाका कपडा ब्यापारी तथा समाजसेवी नसरुदिन अन्सारीको पहलमा गौरबाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण भई अन्य घरहरु जल्नबाट जोगिएको घटनास्थल गएका सशस्त्र वेस क्याम्प दुधियाभारका प्रमुख सशस्त्र प्रहरी नायव निरिक्षक चेत बहादुर बुढाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप