शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक : अनुशासन आयोगको अध्यक्षमा बोहरा, सल्लाहकार कमिटीमा बडाल

मन्त्री हेरफेरबारे कुरा भएन : प्रवक्ता श्रेष्ठ
सोमबार, २५ कात्तिक २०७६, ११ : ४९
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले सांगठनीक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने गरी विभिन्न केन्द्रीय निकायहरुको अध्यक्ष र सचिव चयन गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीले सांगठनीक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने आफ्नो कार्यसूची बनाएकोमा केन्द्रीय निकायहरु गठन गर्ने कामले पूर्णता पाएको हो ।

जसअन्तरगत केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् । यता, जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

यसबाहेक सांगठनीक एकीकरणको बाँकी काम प्रवास संगठनको बारेमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय आयोग गठनमा अनुशासन, लेखा परीक्षण र सल्लाहकार आयोग पूर्व एमालेको भागमा परेको छ भने निर्वाचन आयोग र जेष्ठ कम्युनिस्ट मञ्च पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

मन्त्री हेरफेरबारे कुरा भएन : प्रवक्ता श्रेष्ठ
नेता श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै पनि छलफल नभएको पनि जानकारी दिए । मन्त्री फेरबदलको सम्भावनाबारे पत्रकारहरुको प्रश्नमा उनले प्रधानमन्त्रीले सरकारको कामलाई अझ प्रभावकारी र परीणाममुखी बनाउन चाहे मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने बताए । ‘प्रधानमन्त्रीले पार्टीमा प्रस्ताव ल्याए त्यस विषयमा पनि छलफल हुन्छ,’ श्रेष्ठले भने ।

यो विषय प्रधानमन्त्रीले कसरी सोच्नुहुन्छ भन्ने कुरामा भर पर्ने पनि प्रवक्ता श्रेष्ठको जिकिर थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप