शाहरुख खानले राजकुमार रावलाई चुम्बन गरेपछि...
सोमबार, २५ कात्तिक २०७६, १० : ००
अभिनेता राजकुमार राव सानै उमेरदेखि नै सुपरस्टार शाहरुख खानको फ्यान भएको उल्लेख गदै एउटा भिडियो सेयर गरेका छन् ।
एक कार्यक्रमकाबीच शाहरुख र राजकुमारको भेटघाट भएको थियो । कार्यक्रममा शाहरुख खानले राजकुमारलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ ।
राजकुमारले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘सानैदेखि म उनको डाइलग भन्दै आएको थिए । आज उनले मेरो डाइलग भने । रोमाञ्चित महसुस भइरहेको छ । तपाईं जस्तो कोही छैन । तपाईंले नै मलाई अभिनेता बन्न अभिप्रेरित गर्नुभएको हो । म सधैँ तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ ।’
शाहरुख खानले राजकुमार राव अभिनित फिल्म ‘स्त्री’ को डाइलग भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा