फेसबुक लाइभका दौरान हङकङमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो

एजेन्सी । हङकङ प्रहरीले सोमबार बिहान एक प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ ।
फेसबुकमा प्रत्यक्ष प्रशारण भएको उक्त घटनामा प्रहरी अधिकारीले आफूसँग भएको पेस्तोल निकालेर एक प्रदर्शनकारीलाई समात्दै गरेको देख्न सकिन्छ ।
प्रदर्शनकारीलाई नियन्त्रण लिने क्रममा एक अर्का प्रदर्शनकारी प्रहरी नजिक आइपुग्छन् जसमाथि ती अधिकारीले गोली प्रहार गर्छन् । गोली लाग्ने बित्तिकै मुखमा कालो मास्क लगाएका ती प्रदर्शनकारी भुइँमा ढल्छन् ।
प्रदर्शनकारीसँग रस्साकस्सी चलिरहेकै बेला प्रहरीले थप दुई राउन्ड गोली प्रहार गर्छन् । तर, त्यो गोली कसैलाई लागेको कि लागेन भन्ने यकिन हुन सकेको छैन ।
बीबीसीसँग कुरा गर्दै अस्पतालका प्रवक्ताले गोली लागेका प्रदर्शनकारीको अपरेशन गरिएको र उनको अवस्था नाजुक रहेको जानकारी दिएका छन् ।
यद्यपि, ती प्रवक्ताले अन्य व्यक्तिलाई गोली लागेको आफ्नो जानकारीमा नआएको बताए ।
गत जुनदेखि हङकङमा शुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको यो तेस्रो पटक हो ।
पहिलो पटक अक्टोबार १ प्रहरीले गोली प्रदर्शनकारीमाथि गोली चलाएको थियो । त्यसपछि अक्टोबर ४ मा दोस्रो पटक गोली प्रहारको घटना बाहिर आएको थियो ।
साइ वान होमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्ने क्रममा सोमबारको घटना भएको हो ।
प्रदर्शनकारीले सडकलाई अवरुद्ध गर्दा लामो ट्राफिक जाम भएको थियो भने रेलवे सेवा पनि अवरुद्ध बनेको थियो । यातायातको समस्याका कारण विभिन्न विश्वविद्यालयहरुले आफ्नो पठनपाठन पनि स्थगित गर्नुपरेको थियो ।
गत शुक्रबार प्रहरीको अश्रुग्याँसबाट बच्ने क्रममा लडेर एक प्रदर्शनकारीको मृत्यु भएपछि हङकङमा पुनः हिंसा चर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला