शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिवङ्गत जयललिताको जीवनमा आधारित फिल्मको शुटिङ सुरु, तीन भाषामा हुनेछ रिलीज

सोमबार, २५ कात्तिक २०७६, ०९ : ३१
सोमबार, २५ कात्तिक २०७६

तामिलनाडुकी पूर्वसीएम तथा अभिनेत्री जयललिताको बायोपिक ‘थलाइवी’ को शुटिङ सुरु भएको छ । दिङ्गत जयललिताको बायोपिकलाई एएल विजयले निर्देशन गरिरहेका छन् । 

फिल्मको सुटिङ नोबेम्बर १० देखि सुरु भएको जानकारी फिल्मका प्रोड्युसर विष्णु इन्दुरी र शैलेष आर सिंहले इन्स्टाग्राममा सेयर गरेका छन् । 

फिल्मको मुख्य भूमिकामा अभिनेत्री कंगना रनौत छिन् । साथै उनको को–स्टार अरविन्द स्वामी रहेका छन् । 

फिल्मको शीर्षक हिन्दीमा ‘जया’ र तमिलमा ‘थवाइवी’ हो । फिल्ममा कंगनाले १०० जना डान्सरहरुसँग रेट्रो गीतमा शुटिङ गर्नेछिन् । जसलाई साउथ सिनेमाकी कोरियोग्राफर गायत्री रघुरामले निर्देशन गर्नेछन् । उक्त नृत्यको लागि कंगनाले नियमित रुपमा नृत्य सिकिरहेकी छिन् । 

थलाइवीको शुटिङ नोबेम्बरको पहिलो हप्ता सुरु हुनेछ । फिल्ममा तमिलनाडुका पूर्वसीएम एमजी रामचन्द्रनको भूमिका अरविन्दले निभाउने छन् । 

फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलीज हुनेछ । फिल्मको प्रोडक्सन  विष्णु वर्धन इन्दुरी र शैलेष आर सिंहको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप