बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चहारको किर्तिमानी बलिङमा भारतलाई सिरिज

सोमबार, २५ कात्तिक २०७६, ०९ : ०३
सोमबार, २५ कात्तिक २०७६

एजेन्सी । दीपक चहारले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकै उत्कृष्ट बलिङ गरेपछि बंगलादेशविरुद्धको टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार राति भएको खेलमा भारतले पाहुना टोली बंगलादेशलाई ३० रनले हरायो ।

यससँगै तीन खेलको सिरिज भारतले २–१ ले जितेको छ । भारतले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ४४ रन मात्र बनाउन सक्यो ।

बंगलादेशको लागि मोहमद नाइमले ८१ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । मोहमद मिथुनले २७ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्न भारतका दीपक चाहरले ६ विकेट लिए । चाहरले मात्र सात रन खर्चेर ६ विकेट लिएका थिए । दीपकको यो बलिङ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट कै उत्कृष्ट किर्तिमानी बलिङ फिगर हो । उता शिभम दुबेले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७४ रन बनाएको थियो ।

भारतका श्रेयर आयर र लोकेश राहुलले अर्धशतकीय इनिङ खेले । आयरले ६२ र राहुलले ५२ रन बनाएका थिए । मनिष पाण्डेले अविजित २२ र शिखर धवनले १९ रन बनाए ।

बंगलादेशका इमुनुल इस्लाम र सौम्य सरकारले समान दुई दुई विकेट लिएका थिए । सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले सात विकेटले विजयी भएको थियो । दोस्रो खेल भारतले आठ विकेटले जितेको थियो । अब दुई टोलीबीच दुई खेलको टेस्ट सिरिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप