एट्लेटिको तेस्रो स्थानमा

एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पान्योललाई ३–१ गोलले हरायो ।
घरेलु मैदानमा एट्लेलिकोले पुनरागमन जित निकालेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेरा, अल्भारो मोराटा र कोकेले गोल गरे । स्पान्योलका सर्जी डार्डेरले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता स्पान्योलले लियो । १८औं मिनेटमा सर्जीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । एट्लेटिकोले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । एन्जल कोरेराले बराबरी गोल गरे ।
५८औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अगाडी बढाए । दोस्रो हाफको इन्जुरी समयमा कोकेले गोल गर्दै एट्लेटिकोलाई सजिलै जिताएका थिए । जितसँगै एट्लेटिकोले १३ खेलबाट २४ अंक बनाएको छ । आठ अंक बनाएको स्पान्योल रेलिगेसनको मारमा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २६ र दोस्रो स्थानको रियल म्याड्रिडको २५ अंक छ ।
ला लिगाकै अर्को खेलमा सेभिल्लाले रियल बेटिसलाई २–१ गेलले हरायो । जितसँगै सेभिल्ला चौथो स्थानमा उक्लिएको छ । सेभिल्लाको १३ खेलबाट २४ अंक बनाएको छ । १३ अंक बनाएको रियल बेटिस १७औं स्थानमा छ । अर्को खेलमा एथ्लेटिक बिल्बाओले लिभान्तेलाई २–१ र मालोर्काले भिल्लारियललाई ३–१ गोलले पराजित गरेको छ । गेटाफे र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा