सब्सटिट्युट गरिँदा रोनाल्डो रुष्ट

आइतबार एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा कायम रहन सफल भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेका पाउलो डिबालाले खेलको ७७ औँ मिनेटमा युभेन्टसका लागि निर्णायक गोल गरेका थिए ।
यता, आफूलाई सब्सटिट्युट गरिँदा रोनाल्डो प्रशिक्षक माउरिजियो सारीसँग रुष्ट देखिएका थिए ।
उनी मैदानबाट निकालिने बित्तिकै सिधै टनेलभित्र छिरेका थिए ।
रोनाल्डोलाई खेलको ५५ औँ मिनेटमा नै मैदानबाट निकालिएको थियो । गत सिजन युभेन्टस आएपछि उनी यति चाँडो मैदानबाट निकालिएको पहिलो पटक हो । त्यस्तै, उनी लगातार दुई खेलमा सब्सटिट्युट गरिएको पनि पहिलो अवसर हो ।
मैदान छाड्दै गर्दा रोनाल्डोले म्यानेजर सारीसँग रिस पोख्दै टनेलतर्फ हानिएका थिए ।
इटालियन पत्रिकाका अनुसार खेल सकिन अघिनै रोनाल्डोले स्टेडियम पनि छाडेका थिए ।
गत बुधबार च्याम्पियन्स लिगमा सब्सटिट्युट गरिँदा पनि ३४ वर्षीय खेलाडी क्रुद्ध देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता