शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सब्सटिट्युट गरिँदा रोनाल्डो रुष्ट

सोमबार, २५ कात्तिक २०७६, ०७ : ४७
सोमबार, २५ कात्तिक २०७६

आइतबार एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा कायम रहन सफल भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेका पाउलो डिबालाले  खेलको ७७ औँ मिनेटमा युभेन्टसका लागि निर्णायक गोल गरेका थिए ।

यता, आफूलाई सब्सटिट्युट गरिँदा रोनाल्डो प्रशिक्षक माउरिजियो सारीसँग रुष्ट देखिएका थिए ।

उनी मैदानबाट निकालिने बित्तिकै सिधै टनेलभित्र छिरेका थिए ।

रोनाल्डोलाई खेलको ५५ औँ मिनेटमा नै मैदानबाट निकालिएको थियो । गत सिजन युभेन्टस आएपछि उनी यति चाँडो मैदानबाट निकालिएको पहिलो पटक हो । त्यस्तै, उनी लगातार दुई खेलमा सब्सटिट्युट गरिएको पनि पहिलो अवसर हो ।

मैदान छाड्दै गर्दा रोनाल्डोले म्यानेजर सारीसँग रिस पोख्दै टनेलतर्फ हानिएका थिए ।

इटालियन पत्रिकाका अनुसार खेल सकिन अघिनै रोनाल्डोले स्टेडियम पनि छाडेका थिए ।

गत बुधबार च्याम्पियन्स लिगमा सब्सटिट्युट गरिँदा पनि ३४ वर्षीय खेलाडी क्रुद्ध देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप