बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटीलाई हराउँदै लिभरपुललाई आठ अंकको अग्रता

सोमबार, २५ कात्तिक २०७६, ०७ : ३१
सोमबार, २५ कात्तिक २०७६

लिभरपुलले साबिक विजेता म्यान्चेस्टर सिटीलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।

३–१ को जीतसँगै लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्ने आशालाई बलियो बनाएको हो ।

एनफिल्डमा भएको खेलको छैटौँ मिनेटमा फाबिन्होको गोलको मद्दतले लिभरपुलले अग्रता लिएको थियो । खेलको १३ औँ मिनेटमा मोहमह शलाहले लिभरपुलको अग्रता दोब्बर बनाए ।

यसबीच सिटीले लिभरपुलमाथि दबाब बनाए पनि कुनै गोल गर्न सकेन ।

दोस्रो हाफको शुरुवातमा नै साडियो मानले अर्को गोल थपे । मानेको सन् २०१९ मा एन्फिल्डमा १६ औँ गोल थियो ।

खेलको ७८ औँ मिनेटमा सिटीका लागि बर्नार्डो सिल्भाले गोल गरे पनि उक्त गोल सान्तवना गोलमात्र रह्यो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको योर्गन क्लपबिरुद्ध सबै प्रतियोगितामा आठौँ हार थियो । अन्य म्यानेजरको तुलनामा उनले क्लपसँग सबैभन्दा बढी हार बेहोरेका छन् । त्यस्तै, एनफिल्डमा उनले सर्वाधिक चारपटक पराजित भएका छन् ।

जीतपछि लिभरपुलको १२ खेलबाट ३४ अंक रहेको छ भने सिटी २५ अंकमा सिमित हुँदै लिगको चौथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप