धादिङमा १८ करोड लागतमा भव्य रिसोर्ट सञ्चालन
धादिङमा पछिल्लो समय रिसोर्ट तथा सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । यसैक्रममा सदरमुकाम धादिङबेसी (नीलकण्ठ नरगपालिका–४ स्थित शीतल बजार) मा करीब १८ करोडको लागतमा भव्य रिसोर्ट सञ्चालनमा आएको छ ।
धादिङकै केही युवा उद्यमीहरुको सक्रियतामा ‘धादिङ क्रिक रिसोर्ट प्रालि’ सञ्चालनमा आएको हो ।
रिसोर्ट सञ्चालक गोविन्द भण्डारीले भिजिट नेपाल २०२० नजिकिँदै गएको बेला धादिङ घुम्न आउने पाहुनालाई स्तरीय सेवासुविधा प्रदान गर्ने लक्ष्यका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको बताए । उनले यो रिसोर्ट धादिङबेसीमा सञ्चालित एक्लो स्तरीय रिसोर्ट भएको पनि बताए ।
२० एसी कोठाहरु रहेको रिसोर्टमा ६० जना क्षमताको सेमिनार हल र ३५० जना क्षमताको बैक्वेट हल उपलब्ध रहेको भण्डारीले जानकारी दिए । यस्तै रिसोर्टमा युवा र बालबालिकाका लागि छुट्टाछुट्टै स्वीमिङ पुलका साथै प्रशस्त पार्किङको प्रवन्ध समेत रहेको छ ।
अर्को महत्वपूर्ण पक्ष त के छ भने रिसोर्टमा बसेरै प्राकृतिक दृश्यावलोकन गर्दै आनन्द लिन सकिन्छ । सदरमुकामको बीचभागबाट बग्ने अरुण खोला किनारमा सञ्चालित यो रिसार्टमा ग्राहकहरुको माग बमोजिमका मौलिक खानपिन र शान्त वातावरणमा आनन्द लिन सकिने उनको भनाइ छ ।
भण्डारीसहित रामचन्द्र गिरी र गीता रायमाझीको संयुक्त लगानीमा गत भदौबाट पूर्ण रुपमा सञ्चालनमा आएको यो रिसोर्टमा २४ जनाले प्रत्यक्षरुपमा रोजगारी पाउनुका साथै अप्रत्यक्ष रुपमा सयौ लाभान्वित भएका छन् ।
सस्तो र सर्वसुलभ सेवा दिँदै आएको रिसोर्टले सञ्चालनको छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको बताइन्छ । सुन्दर हावापानी र प्राकृतिकको काँखमा रहेको यो रिसोर्ट शान्त वातावरण हुनुका साथै सर्वसुलभ भएका कारण पनि धेरैको रोजाइमा पर्न सफल भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते