
प्रादेशिक अस्पतालले ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याउने

विराटनगर – नर्सिङ सेवा स्वास्थ्यको मेरुदण्ड भएकाले गुणस्तरीय हुनु आवश्यक रहेको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् ।
नवजात शिशु र मातृ मृत्यु दर घटाउन र साधारण प्रसूतिको दर वृद्विका लागि नर्सिङ सेवालाई ‘मिडवाइफ’ सम्बन्धी विशेष तालीम दिनु पर्ने आजको आवश्यक्ता रहेको उनीहरुको जोड थियो ।
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महासङ्घ काठमाडौँद्वारा आइतबार यहाँ आयोजित प्रदेशस्तरीय नर्सिङ ‘मिडवाफ फ्री’ सेवासम्बन्धी नीति तथा संवाद कार्यक्रममा सेवाग्राहीहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
प्रादेशिक अस्पताल (कोशी) विराटनगरका मेडिकल सुपरिटेण्डेण्ट डा गुणराज लोहनीले केही समयभित्र १०० शय्याको बर्थिङ सेन्टर सञ्चालन गर्ने जानकारी दिँदै दुई वर्षभित्र अस्पतालले राष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अठोट व्यक्त गरे ।
हरिनगरा गाउँपालिकाका प्रमुख गफ्फुर अन्सारीले यसक्षेत्रका महिलालाई गर्भवती भएदेखिनै पोषणसहितको स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको बताए ।
स्वास्थ्य कार्यालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, प्रदेश स्वास्थ्य सेवाप्रमुख सुरेश मेहता, अमृता पहाडी, बाला राई, रोशनी लक्ष्मी तइतुई, कविता पाण्डे, कृष्णप्रसाद भण्डारी र पदम सरदारले मिडवाइफमा लगानी गरेमा समुदायमा १६ गुणा प्रतिफल प्राप्त हुने धारणा व्यक्त गरे ।
कार्यक्रमबाट प्राप्त सुझावका आधारमा नर्सिङ मिडवाइफ फ्री सेवासम्बन्धी रणनीति तयार गर्न सहयोग पुग्ने उद्देश्यले सातै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपालमा मिडवाइफसम्बन्धी स्नातकोत्तर तहमा तीन विश्वविद्यालयले तीन स्थानमा विगत तीन वर्षदेखि अध्यापन गर्दै आइरहेका छन् । हाल नेपालमा ८९ हजार ८४५ नर्सिङ तथा अनमी दर्ता रहेका छन् ।
नेपालमा १८९ शिक्षण संस्थाबाट प्रतिवर्ष चार हजार सात सय नर्सिङ र एक हजार अनमी उत्पादन भइरहेको सोही अवसरमा जानकारी दिइयो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ