उपनिर्वाचन : प्रतिनिधि र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं – निवार्चन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
जसमा कास्की प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । तर आइतबार स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका महेन्द्र सुवेदीले जानकारी गराए । प्रतिनिधिसभा – २ मा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् । सो अनुरुप, कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
आयोगका अनुसार भक्तपुरको प्रदेश - १ को (क)मा ९ जना दलबाट र १० जना स्वतन्त्र गरी १९ जना चुनावी मैदानमा उत्रिएका छन् । यता बाग्लङको प्रदेशसभामा ८ जना दलबाट र २ जना स्वतन्त्र गरी १० जना चुनावी प्रतिस्पर्धा गर्ने निश्चित भइएको छ । यस्तै दाङमा १२ जना दलबाट र २ स्वतन्त्र गरी १४ जना प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना