बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि

आइतबार, २४ कात्तिक २०७६, १८ : ३२
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजना नेपालमा पहिलो पटक ‘योनेक्स–सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९’ बुधबार देखि काठमाडौँमा हुने भएको छ ।

नेपाल ब्याडमिन्टन संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । प्रतियोगितामा नेपाल लगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तथा महिला एकल तथा युगल र मिश्रीत युगल तर्फ प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । पुरुष एकलमा विश्व बरियतामा ५८ औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने महिला एकलमा ३८ औं बरियताकी खेलाडीले प्रतिस्पर्धा गर्नेछिन् । यस्तै पुरुष युगलमा २७ औं, महिला युगलमा ३ औ र मिक्स युगलमा ४४औं स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

करिव ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र ब्यक्तिहरुबाट सहयोग जुटाईने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो । 

च्यालेन्जमा पुरुष तथा महिला एकल तर्फ विजेताले नगद १८७५ युएस डलर, उपविजेताले ९५० डलर, तेश्रोले ३६२.५० डलर, अन्तिम ८ प्रवेश गर्नेले १५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन् ।
 यस्तै पुरुष÷महिला तथा मिश्रीत युगल तर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन् । खेलाडी तथा अफिसियलको खाने बस्ने ब्यवस्था आयोजक आफैले गर्ने समेत संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप