शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मोदीसँगै प्रम ओलीको पुत्ला जलाइयो

आइतबार, २४ कात्तिक २०७६, १६ : ५७
आइतबार, २४ कात्तिक २०७६

धनुषा । नेकपा क्रान्तिकारी माओवादीले प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

आइतबार मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्तरुपमा जनकपुरको जनक चोकमा  दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

भारतले नेपालको भू–भाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री चुप लागेर बसेको बिरोधमा ओली र मोदीको पुत्ला जलाएको जनगणतान्त्रिक मोर्चा धनुषाका अध्यक्ष नन्दकुमार झाले बताए ।

पुत्ला दहन कार्यक्रममा मिथिला राज्य समिति सदस्य कमल नरायण चौधरी, नेकपा माओवादी क्रान्तिकारी धनुषाका सेक्रेटरी शीतल कर्ण लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप